वोमी माइक्रोफाइनान्सको जगेडा कोषमा आकर्षक सुधार, अन्य सूचाङ्कमा यस्तो छ प्रगति

Jul 23, 2019 11:10 AM Merolagani

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था (WOMI) ले एक वर्षको अवधिमा आफ्नो जगेडा कोषमा २५० प्रतिशतको बढोत्तरी गरेको छ। समीक्षा अवधिमा ४ करोडको जगेडा कोष १४ करोड पुगेको हो। 

गत आर्थिक वर्षको चौथो त्रैमासमा आफ्नो खुद नाफामा करिब ५६ प्रतिशतले सुधार गरेको यस कम्पनीले खराब कर्जा अनुपात समेत घटाउँदै लगेको छ। अघिल्लो वर्षको तुलनामा वोमीले गत आर्थिक वर्षमा ५५.८६ प्रतिशतले खुद नाफा बढाएर ६ करोड २७ लाख रुपैयाँ आर्जन गरेको हो। कम्पनीको अन्य सूचकहरुमा पनि आकर्षक प्रगति छ।

माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा ५० प्रतिशत माथि वृद्धि हुँदा उसको खुद नाफामा सुधार देखिएको हो। अघिल्लो वर्ष ८ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष बढाएर १२ करोड ८४ लाख पुर्याएको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ६१ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब १ करोड रुपैयाँ सापटी लिएर १ अर्ब ८४ करोड ६१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

हाल १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले यहि साउन ९ गतेदेखि चुक्ता पूँजीको शतप्रतिशत हकप्रद बिक्री गर्दैछ। उसको जगेडा कोषमा १४ करोड ४२ लाख रुपैयाँ राखेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीले जगेडा कोष १० करोड ३१ लाख रुपैयाँले बढाएको हो।

वार्षिक प्रतिशेयर आम्दानी ६२ रुपैयाँ ८ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २४२ रुपैयाँ ६६ पैसा रहेको छ भने मुल्य आम्दानी अनुपात १८.१७ गुणा रहेको छ ।

मर्जर प्रकृयामा रहेको वोमी र नागरिक लघुवित्तलाई नेपाल राष्ट्र बैंकबाट मर्जरमा जान सैद्धान्तिक स्वीकृति समेत प्राप्त भैसकेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।