युनाइटेड इन्स्योरेन्सको २४०% हकप्रदका लागि बुकक्लोज तय

Jul 23, 2019 11:46 AM Merolagani

युनाइटेड इन्स्योरेन्स (UIC) ले चुक्ता पूँजीको २४० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि शेयर दाखिला खारेज (बुकक्लोज) मिति तय गरेको छ ।

कम्पनीको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशनको लागि साउन १४ गते १ दिन बुकक्लोज गर्ने निर्णय गरेको हो। यसअनुसार साउन १३ गतेसम्म कम्पनीको शेयर खरिद गरी शेयरधनी कायम रहने लगानीकर्ताहरुले मात्रै कम्पनीको हकप्रद भर्न पाउनेछन्।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गनुपर्ने बाध्यतामा रहेको कम्पनीले शेयरधनीलाई हकप्रद २४० प्रतिशत हकप्रद शेयर बिक्री गरेर कायम गर्ने भएको हो। बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम एक अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो।

कम्पनीले एक सय रूपैयाँ अंकित दरमा १० बराबर २४ कित्ताको अनुपातमा ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद जारी गर्नेछ।

कम्पनीले जारी गर्ने हकप्रदलाई केयर रेटिङ्गस् नेपालले ‘केयर एनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको आधारभुत पक्ष औसत भन्दा तल आधार रहेको जनाउँछ।

कम्पनीले हकप्रद शेयर निष्काशनको लागि धितोपत्र बोर्डबाट गत असार ८ गते स्वीकृती पाइसकेको छ ।  हाल ३० करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको हकप्रद पश्चात एक अर्ब दुई करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ।

हकप्रद कम्पनीले विद्यमान शेयरधनीलाई नै बिक्री गर्ने हुनाले हकप्रदको लोभमा महङ्गो मूल्यमा शेयर खरिद फाइदाजनक नहुन सक्छ। लगानीकर्ताले कम्पनीको व्यवस्थापन, समग्र वित्तीय अवस्थाको विश्लेषण गरी गरिएको लगानीबाट मात्रै उचित प्रतिफल प्राप्त गर्न सकिन्छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।