सिभिल बैंक सहित दुई कम्पनीका ७६ लाख कित्ता बोनस शेयर सूचीकृत

Jul 24, 2019 12:09 PM Merolagani

सिभिल बैंक सहित दुई कम्पनीको झण्डै ७६ लाख कित्ता बोनस शेयर धितोपत्र बजारमा सूचीकृत भएको छ। नेप्सेका अनुसार सिभिल बैंक र किसान माइक्रोफाइनान्सको बोनस सूचीकरण भएको हो।

सिभिल बैंकले आव २०७३/०७४ को कमाइबाट लगानीकर्तालाई चुक्ता पूँजीको १०.२५ प्रतिशत बराबरको ७४ लाख ४० हजार ७९३ कित्ता बोनस वितरण गरेको थियो। बैंकले सोही शेयर साउन ८ गते बुधबार नेप्समा दोस्रो बजारमा कारोबार गर्न मिल्ने गरी सूचीकृत गरेको हो।

बैंकको उक्त बोनस शेयर साधारण सभाका लागि बुकक्लोज गरिएको मिति २०७६ बैशाख १० गतेभन्दा अघिल्लो दिन नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्रै पाउनेछन्।

त्यसैगरी किसान माइक्रोफाइनान्सले गत वर्षको कमाईबाट शेयरधनीलाई वितरण गरेको चुक्ता पूँजीको २९ प्रतिशतले हुन आउने १ लाख ३९ हजार ३४५ कित्ता बोनस शेयर धितोपत्रबजारमा कारोबारको लागि सूचीकृत भएको हो।

किसान माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र नागबेली लघुवित्त एक आपसमा मर्जरमा रहेकाले तीनवटै कम्पनीको शेयर कारोबार रोक्का रहेको छ । त्यसैले कम्पनीको शेयर नेप्सेमा सूचीकरण भएपनि कारोबार गर्न भने सकिँदैन।

लघुवित्तको उक्त बोनस शेयर साधारण सभाका लागि बुकक्लोज गरिएको मिति २०७५ पुस २९ गतेभन्दा अघिल्लो दिन नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्रै पाउनेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।