खराब कम्पनीलाई आफुमा मिसाएर पनि प्रभु बैंकले यसरी मार्यो प्रगतिको फड्को

Jul 25, 2019 08:29 AM Merolagani

- तिलक कोइराला। 
किष्ट, ग्राण्ड, नेपाल विकास बैंक जस्ता खराब कम्पनीलाई आफुमा मिसाएर पनि प्रभु बैंक (PRVU) ले उदाहरणीय प्रगति गर्न सफल भएको छ। बैंकले प्रकाशित गरेको गत वर्षको चोथो त्रैमासको वित्तीय विवरण हेर्दा प्रायः सबै सूचकहरुमा प्रभु बैंकले लगानीकर्तालाई आशावादी बनाउने गरी फड्को मारेको पाईएको छ।

किष्ट र प्रभु बैंकका खराब कर्जाहरु अझै ७० करोड जति असुल गर्न बाँकी भएको अबस्थामा निस्क्रिय कर्जा अनुपातमा ठूलो सुधार गर्न सक्नु, नियमित आम्दानी बढाएर लैजानु र निक्षेप संकलन एक खर्ब १२ अर्ब पुर्याउनु तर आधार ब्याज दर घटाएर सस्तो ब्याज दरमा कर्जा प्रबाह गर्नसक्ने क्षमता बनाउँनु प्रभुका आशलाग्दा पक्षहरु हुन् ।

प्रभु बैंकले मारेको फड्कोलाई यसरी हेरौंः 

पूँजी बढेको अबस्थामा पनि प्रति शेयर आम्दानी बढ्नु र मूल्य आम्दानी अनुपात तल रहनु अर्को सकारात्मक पक्ष हो ।

पूँजी कोष अनुपात खुम्चिएको अबस्था रहेकाले उसले यसमा सुधार नगरी अब कारोबार बिस्तार गर्न संभव नहुने देखिएको छ । एक अर्ब ७३ करोड वितरणयोग्य  नाफाबाट लगानीकर्ताले बोनस शेयर पाउँने आशा गर्नु स्वभाविक छ ।

किष्ट र ग्राण्डका कारण प्रभु बैंकको निस्क्रिय कर्जाको अनुुपात १८ प्रतिशत भन्दा बढी पुगेको थियो ।कतिपय आलोचकले खराब कम्पनीलाई सुधार्ने प्रयास गरेकै कारण प्रभु समूह उठ्नै नसक्ने गरी थला पर्ने आँकलन गरेका थिए, तर प्रभु समूहको लगातारको मेहनतले त्यस्ता आशंकाहरु गलत सावित भए र अहिले प्रभु बैंक उदाहरणीय संस्थाको रुपमा खडा भएको छ । 

स्पष्टिकरणः लेखकसँग प्रभु बैंकको एक कित्ता पनि शेयर छैन। 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।