एनएमबि माइक्रोफाइनान्सको नाफा ८६% बढ्यो, प्रतिशेयर आम्दानी कति ?

Jul 25, 2019 11:17 AM Merolagani

एनएमबि माइक्रोफाइनान्स (NMBMF) ले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा ६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिमा तुलनामा ८६.४५ अर्थात २ करोड ८२ लाख रुपैयाँले बढी हो। 

अघिल्लो आर्थिक वर्ष माइक्रोफाइनान्सले ३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।माइक्रोफाइनान्सले यस अवधिमा एक अर्ब ८ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ७ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै १ अर्ब ९६ करोड २ लाख रुपैयाँ सापटी लिएको छ।

माइक्रोफाइनान्सले यस अवधिमा खुद ब्याज आम्दानी २० करोड ७४ लाख रुपैयाँ गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४ करोड १८ लाख रुपैयाँले बढी हो । अघिल्लो बर्ष १६ करोड ५६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

१६ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको जगेडा कोषमा १४ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात पनि सुधार भएको छ । यो अनुपात २.५९ बाट झरेर २.०२ प्रतिशत कायम छ ।

माइक्रोफाइनान्सको प्रति शेयर आम्दानी ३७ रुपैयाँ ६४ पैसा, प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात २६..३० गुणा बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।