ग्लोबल आइएमई लघुवित्तको जगेडामा पनि आकर्षक सुधार, ३३३% बढायो नाफा

Jul 25, 2019 11:27 AM Merolagani

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था (GILB) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३३३ प्रतिशतले बढाएर आकर्षक प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ करोड ५७ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

त्यसैगरी कम्पनीले जगेडा कोष पनि अझै मजबुद बनाउदै लगेको छ । कम्पनीले अघिल्लो बर्षको तुलनामा जगेडा कोष ४३६.५० प्रतिशतले बढाएर ८ करोड २८ लाख रुपैयाँ पुर्याएको छ भने चुक्ता पुँजी पनि ७० प्रतिशतले बढाएर १८ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि हुँदा उसको खुद नाफा समेत बढेको हो।कम्पनीले गत वर्षको तुलनामा खुद ब्याज आम्दानी ८ करोड ५६ लाख रुपैयाँले बढाएर १४ करोड ३१ लख रुपैयाँ पुर्याएको छ। उसले अघिल्लो आर्थिक बर्षको चौथो त्रैमासमा ५ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

समीक्षा अवधिमा कम्पनीले ८७ करोड ४६ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १८ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ६२ पैसा, प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ र मुल्य आम्दानी अनुपात १९.५१ गुणा छ।

लघुवित्तले पुँजी वृद्धि गर्न साउन २१ गतेबाट शत प्रतिशत हकप्रद बिक्री गर्दैछ। हकप्रद बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी २२ करोड ९ लाख रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।