सनराइज बैंकमा सीईओ जनक शर्माले आजबाट कार्यभार सम्हाले

Jul 25, 2019 12:37 PM Merolagani

जनक शर्मा पौड्यालले आज साउन ९ गते बिहीबार देखि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतकाे (सीईओ) पद सम्हालेका छन् । बैंक सञ्चालक समितिको असार २७ गते बसेको  बैठकले  शर्मालाई प्रमुख कायर्कारी अधिकृत चयन  गरेकाे  थियाे ।

शर्मासँग बैंकिङ्ग क्षेत्रमा ३२ वर्षभन्दा बढीको कार्यानुभव रहेकाे छ । यस अघि उनी ग्लोबल आईएमई बैंककाे  प्रमुख कार्यकारी अधिकृत थिए ।  

यस अघि सनराइज बैंकमा  निरज श्रेष्ठ प्रमुख कायर्कारी अधिकृत नियुक्त गरिएपनि संचालहकरूविच  बिवाद हुँदा श्रेष्ठले बैंकमा हाजिर नै नभइ राजीनामा दिएका थिए । त्यसपछि शर्मा प्रमुख कार्यकारी चयन भएका हुन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।