कालिकासँग मर्जर प्रकृयामा रहेको जनसेवी लघुवित्तले यस्तो गर्यो चौथो त्रैमासमा प्रगति

Jul 25, 2019 01:13 PM Merolagani

कालिका लघुवित्तसँग मर्जरको प्रकृयामा रहेको जनसेवी लघुवित्त (JSLBSL) ले गत आर्थिक वर्षको चौथौ त्रैमासमा १ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

लघुवित्तले अघिल्लो वर्षको तुलनामा खुद नाफा २७९.५७ प्रतिशतले बढाएर १ करोड ४६ लाख रुपैयाँ कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३८ लाख ४९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

लघुवित्तले आफ्नो ब्यवसाय विस्तार बढाउँदा उसको खुद ब्याज आम्दानीमा पनि आकर्षक सुधार गरेको छ। अघिल्लो वर्ष २ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले गत
वर्ष ४ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन ८५.५५ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा लघुवित्तले १९ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरी ३१ करोड ९७ लाख सापटी मार्फत ६६ करोड १० लाख रुपैयाँ ऋण प्रवाह गरेको छ। अघिल्लो वर्ष कम्पनीले १२ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ करोड ८४ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो।

लघुवित्तले आईपीओ बिक्री गरेर चुक्ता पुँजी ९ करोड ८ लाख रुपैयाँबाट बढाएर १४ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ भने जगेडा कोष ४३ लाख २० हजार रुपैयाँबाट १ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ।

लघुवित्तले गत वैशाख २७ गतेदेखि ३१ गतेसम्म सर्बसाधारणमा ४ लाख ३२ हजार शेयर बिक्री गरेको थियो जुन कलिकासंगको मर्जर सम्पन्न भएपछि मात्र नेप्सेमा सूचीकरण भई कारोबार हुने भएको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।