सबैको लघुवित्तको आइपीओ बाँडफाँड, २ लाख ५२ हजार ६६७ जनाको हात खाली

Jul 26, 2019 11:00 AM Merolagani

सबैको लघुविले सर्बसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यलयमा भएको बाँडफाँडमा रितपूर्वक आवेदन दिएका ३ लाख २ हजार १९२ जना आवेदकमध्ये ४९ हजार ५२५ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन्। 

कम्पनीको आइपीओ धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर बाँडफाँड गरिएको हो ।

लघुवित्तको आइपीओमा परेको कुल आवेदनमध्ये ४५४ जनाबाट परेको ११ हजार ९६० कित्ता शेयर खरिदको लागि परेको आवेदन रद्द भएको छ।

सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो। यसमध्ये ८ हजार २५० कित्ता कम्पनीका कर्मचारी र २६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ। बाँकी ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री गरिएको हो।

लघुवित्तले साउन १ देखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। त्यसमध्ये कम्पनीले ८ हजार २५० कित्ता शेयर लघुुवित्तका कर्मचारीहरु तथा २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ४ लाख ९५ हजार २५० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गरिएको हो।

आईपीओ बाँडफाँडपछि लघुवित्त कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ। लघुवित्तमा संस्थापकतर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी कायम छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।