लघुवित्तको आईपीओमा परेको कुल आवेदनमध्य ४५४ जनाबाट परेको ११ हजार ९६० कित्ता शेयर खदिको लागि परेको आवेदन रद्द भएको छ।
नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा शिर्ष स्थानमा रहेको आईपिओ शिर्षकभित्र रहेको आईपिओ रिजल्ट अप्सन (IPO RESULT) मा जानुहोस्।
त्यसपछि आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धीत कम्पनी लघुवित्त छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी बटन (SEARCH Botton) मा गएर आफूलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ।
सबैको लघुवित्तले गत साउन १ गतेदेखि ५ गतेसम्म ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको हो। यसमध्ये ८ हजार २५० कित्ता कम्पनीका कर्मचारी र २६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएर ४ लाख ९५ हजार २५० कित्ता सेयरमा सर्वसाधारणलाई बिक्री गरिएको हो।
आईपीओ बाँडफाँडपछि लघुवित्त कम्पनीको चुक्ता पूँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ। लघुवित्तमा संस्थापकतर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी कायम छ।