एनएमबि म्युचुअलको दुबै फण्डको लाभांश घोषणा

Jul 28, 2019 11:23 AM Merolagani

एनएमबि म्युचुअल फण्डद्धारा सञ्चालित दुबै सामूहिक लगानी कोषहरु एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ र एनएमबि हाइब्रिड फण्ड एल १ को आइतबार लाभांश घोषणा भएको छ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको साउन १२ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ बाट इकाईधनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

यसैगरि एनएमबि हाइब्रिड फण्ड एल १ को पनि आइतबार सम्पन्न सञ्चालक समिति बैठकले इकाईधनीलाई आर्थिक वर्ष २०७५/०७६ बाट कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

 

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने २०७३ भदौमा इकाई जारी गरेको एनएमबि हाइब्रिड फण्ड एल १ को यो पहिलो लाभांश हो। 

एनएमबि म्युचुअल फण्डले साउन १३ गते सोमबारदेखि एनएमबि ५० नामक अर्को सामूहिक लगानी कोषको इकाई बिक्रीमा ल्याउँदैछ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।