साधारण सभाबाट बोनस शेयर १२ प्रतिशत अर्थात १४ करोड ११ लाख ५३ हजार रुपैयाँ र कर प्रयोजनको लागि ०.६३ प्रतिशत अर्थात ७४ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।
इन्स्योरेन्सको हाल चुक्ता पूँजी १ अर्ब १७ करोड रुपैयाँ कायम छ । बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी पुर्याइसकेको इन्स्यारेन्सको लाभांश वितरणपछि चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।
साधारण सभा प्रयोजनको लागि इन्स्यारेन्सले भदौ ३ गते शेयर दाखिला खारेज गर्ने भएको छ। त्यस अनुसार भदौ २ गतेसम्म कायम शेयरधनीले मात्रै बोनस लाभांश पाउनेछन्।