नेको इन्स्योरेन्सले बोनस पारित गर्न डाक्यो साधारण सभा, चुक्ता पूँजी एक अर्ब ३१ करोड पुग्ने

Jul 28, 2019 12:45 PM Merolagani

नेको इन्स्योरेन्स (NIL)ले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न भदौं १४ गते साधारण सभा बोलाएको छ। इन्स्योरेन्स सञ्चालक समितिको साउन १० गते बसेको ३७३ औं बैठकले भदौं १४ गते २३ औं वार्षिक साधारण सभा आह्वान गरेको हो।

साधारण सभाबाट बोनस शेयर १२ प्रतिशत अर्थात १४ करोड ११ लाख ५३ हजार रुपैयाँ र कर प्रयोजनको लागि ०.६३ प्रतिशत अर्थात ७४ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।

इन्स्योरेन्सको हाल चुक्ता पूँजी १ अर्ब १७ करोड रुपैयाँ कायम छ । बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्ता पूँजी पुर्याइसकेको इन्स्यारेन्सको लाभांश वितरणपछि चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

साधारण सभा प्रयोजनको लागि इन्स्यारेन्सले भदौ ३ गते शेयर दाखिला खारेज गर्ने भएको छ। त्यस अनुसार भदौ २ गतेसम्म कायम शेयरधनीले मात्रै बोनस लाभांश पाउनेछन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।