मुक्तिनाथ बैंकले ६१ करोडको हकप्रद बिक्री गर्न तोक्यो बुकक्लोज

Jul 28, 2019 02:03 PM Merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) ले चुक्ता पूँजीको २० प्रतिशत बराबरको ६१ करोड ३० लाख रुपैयाँ बराबरको हकप्रद बिक्रीका लागि शेयर दाखिला खारेजी गर्ने मिति निर्धारण गरेको छ।

साउन १० गते सम्पन्न बैंक सञ्चालक समितिको २१४ औं बैठकले २०७६ साउन ३१ गते शुक्रबार शेयर दाखिला खारेजी मिति तोकेको हो। यसअनुसार साउन ३० गते बिहीबारसम्म नेप्सेमा कारोबार भई बैंकको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलमा शेयरधनी कायम रहनेले मात्र हकप्रद पाउनेछन्। 

यसअघि ४० प्रतिशत हकप्रद बिक्री गरेको बैंकले गत वर्षको कमाईबाट १८.२५ प्रतिशत बोनस वितरण गरेको थियो। बैंकले बोनस पश्चात कायम चुक्ता पूँजीको २० प्रतिशत हकप्रद जारी गर्न लागेको हो।

गत मंसिर २९ गते पोखरामा सम्पन्न बाह्रौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ६१ लाख २९ हजार ५२० दशमलव २५ कित्ता हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित भएको थियो। सो हकप्रद २०७६ असार ३० गते धितोपत्र बोर्डबाट स्वीकृत भएको थियो।

बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक भिबोर क्यापिटल रहेको छ ।

हाल बैंकको तीन अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ चुक्ता पूँजी छ। चुक्ता पूँजीको २० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ७७ लाख १२ हजार रुपैयाँ पुग्नेछ । 

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६० करोड २० लाख खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी २६ रुपैयाँ १९ पैसा कायम गरेको छ। बैंकको चौथो त्रैमासिक प्रतिवेदन भने हालसमम्म सार्वजनिक भएको छैन।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।