एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट

Jul 29, 2019 06:46 PM Merolagani

एनएलजी इन्स्योरेन्स (NLG) ले जारी गर्ने चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी मार्केट चयन भएको छ। साउन १३ गते कम्पनी र क्यापिटल बीच हकप्रद शेयरको निष्काशनकालागि सम्झौता भएको हो।

सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तले हस्ताक्षर गरेका छन्।

बीमा समितिले तोकेको पूँजी कायम गर्न कम्पनीले विद्यमान शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँको ६० प्रतिशत हकप्रद जारी गर्ने भएको हो।

जसअनुसार कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकितदरले १० कित्ता शेयर बराबर ६ कित्ताको अनुपातमा ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । उक्त हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब २ करोड ४६ लाख ५० हजार कायम हुनेछ ।

कम्पनीले बिक्री प्रबन्धक नियुत्तिसँगै धितोपत्र बोर्डमा हकप्रद निष्काशनको आवेदन दिनेछ । बोर्डबाट हकप्रद जारी गर्न अनुमति पाएपछि बुकक्लोज गरेर शेयरधनीमा उक्त हकप्रद जारी हुनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।