गत आवको असार मसान्तसम्म लघुवित्तले १६ करोड ७६ लाख २२ हजार खुद नाफा आर्जन गरेको हो। एक वर्ष अवधिमा कम्पनीले ७ करोड ३२ लाख ४८ हजारले नाफा बढाएको हो।
शतप्रतिशत हकप्रद र बोनसबाट १३० प्रतिशतले चुक्ता पूँजी बढाएको यस कम्पनीले १५ करोड ८५ लाखको जगेडा कोषलाई ३३ करोड ९० लाखको उचाईमा पुर्याएको छ।
माइक्रोफाइनान्सले असार मसान्तसम्ममा एक अर्ब २१ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन र २ अर्ब ९७ करोड ६२ लाख सापटीबाट ४ अर्ब ७१ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट कम्पनीले ३६ करोड ९८ लाख ब्याज आम्दानी र खर्चपछिको सञ्चालन नाफा २२ करोड ९३ लाख कायम गरेको छ।
माइक्रोफाइनान्समा निष्कृय कर्जा अनुपातमा समेत सुधार भएको छ। अघिल्लो आवको असार मसान्तमा १.३३ प्रतिशतको निष्कृय कर्जा अनुपात गत असार मसान्तमा १.२० मा झरेको छ।
उच्च पूँजीवृद्धिका कारण माईक्रोफाइनान्सको प्रतिशेयर आम्दानी भने ३३ रुपैयाँ १२ पैसाबाट २५ रुपैयाँ ४८ पैसामा संकुचन भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ०७ पैसा छ र मूल्य आम्दानी अनुपात १९.२३ गुणा छ।
राष्ट्रिय स्तरको यस लघुवित्तले पूँजी बढोत्तरी पश्चात अन्य लघुवित्तसँग मर्जरका लागि मर्जर कमिटी समेत गठन गरेको छ। संस्था मर्जर तथा प्राप्तीबाट संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धा तथा कर्जामा दोहोरोपनमा कमी आउने हुँदा आगामी दिनमा अझ प्रगति गर्दै शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्नेमा केन्द्रित रहेको देखिन्छ।