देव र पूर्णिमा विकास बैंकको १४ लाख कित्ता बोनस सूचीकृत

Jul 30, 2019 03:07 PM Merolagani

देव: विकास बैंक र पूर्णिमा विकास बैंकको १४ लाख १६ हजार कित्ता बोनस शेयर साउन १४ गते मंगलबार नेपाल स्टक एक्सचेञ्जमा कारोबरका लागि सूचीकृत भएको छ। सूचीकरणसँगै दुबै बैंकका शेयरधनीले उक्त बोनस दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन्।

स्टकका अनुसार देव विकास बैंकको १३ लाख ९३ हजार ५२४ दशमलव १९ कित्ता र पूर्णिमा विकास बैंकको २ लाख ६२ हजार ५१६ कित्ता बोनस सूचीकरण भएको हो।

पूर्णिमा विकास बैंकको २०७५ पुस २७ गते सम्पन्न एघारौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस र ६.३७ प्रतिशत नगद लाभांश गरि कूल ११.३७ प्रतिशत लाभांश अनुमोदन भएको थियो। उक्त लाभांश पुस १५ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र पाउनेछन्।

देव: विकास बैंकको २०७६ असार १२ गते सम्पन्न बैंकको बाह्रौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो।बैंकको उक्त बोनस असार ५ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन्।

यसअघि  मितेरी डेभलपमेन्ट बैंकले पनि मंगलबार नै ८ लाख ५० हजार कित्ता बोनस कारोबारका लागि सूचीकरण गराएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।