अघिल्लो वर्ष २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएकोे लघुवित्तले गत आर्थिक बर्षमा ६ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा आकर्षक बृद्धि हुँदा उसको खुद नाफा पनि बढेको हो । लघुवित्तको खुद ब्याज आम्दानी अघिल्लो बर्षको तुलनामा ६४.२९ प्रतिशतले बढेर १६ करोड ४० लाख ७५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १९४.४३ प्रतिशतले बढेर ९ करोड ६४ लाख २५ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीले आफ्नो जगेडा कोष पनि बलियो बनाउदै लगेको छ । अघिल्लो बर्षको तुलनामा जगेडा कोष २६९.२२ प्रतिशतले बढाएर ८ करोड ५४ लख रुपैयाँ पुर्याएको छ । लघुवित्तले खराव कर्जा अनुपात १.७९ प्रतिशतबाट घटाएर १.७५ प्रतिशतमा झारेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७८ पैसाबाट बढेर २५ रुपैयाँ ३५ पैसा पुगेको छ । उसको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८३ पैसा र मुल्य आम्दानी अनुपात २५.२९ गुण बढी छ ।
कम्पनीले गत बर्षको चौथो त्रैमाससम्ममा ५९ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९३ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । लघुवित्तले अघिल्लो बर्षको तुलनामा निक्षेप संकलन ९२.४८ प्रतिशत र कर्जा लगानी ९८.५१ प्रतिशत बढाएको हो ।
असार २६ गते स्वेडा लघुवित्तलाई एक्वायर गर्ने सम्झौता गरेको विजय लघुवित्तको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ छ । स्वेडालाई प्राप्तिपछि लघुवित्तको चुक्ता पुँजी २१ करोड हाराहारी पुग्नेछ ।