सम्झौतापत्रमा हस्ताक्षरपछि लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले एडिविको यस कार्यक्रममा सहभागी हुन पाउँदा लक्ष्मी बैंक गौरवान्वित भएको बताए ।
यस्तै नेपालका लागि एडिवि इन्भेष्टमेन्ट स्पेसलिस्ट एण्ड रिलेसनसिप म्यानेजर हाइडले लक्ष्मी बैंकसँग गरिएको ट्रेड फाइनान्स प्रोग्रामले नेपालको वर्तमान आर्थिक वृद्धिमा विशेष सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।
एडिबिको ट्रेड फाइनान्स प्रोग्राम नेपालमा सन् २००९ देखि सञ्चालित रहदैं आएको छ । यसले नेपालका दुईवटा बैंकहरुसँग सहकार्य समेत गर्दै आएको छ । यसबाट कृषि, कमोडिटी, निर्माण सामग्री तथा मेसिनरी, सोलार प्यानल तथा टेक्सटायल जस्ता विभिन्न ८० क्षेत्रका साना तथा माझौला व्यवसायहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।