नेपाल बङ्गलादेश बैँकले तातोपानी नाकामा एक्सटेन्सन काउन्टर खोल्ने

Jul 31, 2019 06:31 PM Merolagani

नेपाल बङ्गलादेश बैँकले सिन्धुपाल्चोकको तातोपानी नाकामा एक्सटेन्सन काउन्टर खोल्ने भएको छ । बैंकले बुधबार तातोपानी सुख्खा वन्दरगाह भन्सार कार्यालयमा काउन्टर खोल्न राजश्व कार्यालयबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गाना र भन्सार कार्यालयको तर्फबाट महानिर्देशक रामेश्वर दङ्गालले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार बैँकले बाह्रबिसे शाखा अन्तर्गत एक्सटेन्सन काउन्टर खोली सरकारी कारोबार गर्नेछ । एक्टेन्सन काउन्टरबाट राजस्व संकलन  गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।