सूर्योदय लघुवित्तको खुद नाफामा ८७ प्रतिशतले वृद्धि

Aug 01, 2019 09:27 AM Merolagani

सूर्योदय लघुवित्त (SLBS) को खुद नाफामा ८७ प्रतिशतको बढोत्तरी आएको छ। अघिल्लो वर्षको चौंथो त्रैमासमा एक करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको लघुवित्तको एक करोड ६८ लाख रुपैयाँले खुद नाफा बढेर तीन करोड ६१ लाख आर्जन भएको हो।

अघिल्लो आर्थिक वर्षको तुलनाा गत आर्थिक वर्षको चौथौं त्रैमासमा ६२ प्रतिशतले कर्मचारी खर्च बढेर ६ करोड ४५ लाख खर्च गरेको छ। यद्यपी कम्पनीको व्यवसायको आकारमा निक्षेप ५३ र कर्जा ८० प्रतिशतको बढोत्तरीले खर्चको बाबजुत आकर्षक नाफा देखिएको हो। असार मसान्तसम्म लघुवित्तको ब्याज आम्दानी करिब ६६ प्रतिशतले बढाएर १० करोड ५८ लाख आर्जन गरेको छ।

अघिल्लो आवको नाफाबाट ४२.७५ प्रतिशत बोनस बाँडेर १० करोड ७९ लाख पूँजी कायम गरेको यस लघुवित्तको जगेडा कोषको आकार भने ४ प्रतिशतले घटेर ७ करोड ९५ लाखमा सीमित भएको छ।

यस अवधिमा लघुवित्तले ६१ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन तथा ८६ करोड २६ लाख सापटीबाट एक अर्ब ५६ करोड ८० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

लघुवित्तको निष्कृय कर्जा अनुपातमा १.१४ बाट ०.९२ मा सुधार भएको छ। लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ५१ पैसा, प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ७५ पैसा र मूल्य आम्दानी अनुपात २३.६६ गुणा छ।

समीक्षा अवधिमा लघुवित्तको कोषको लागत, निष्कृय कर्जा अनुपातमा सुधार भएको छ भने जगेडा कोष, पूँजीकोष अनुपात र प्रतिशेयर नेटवर्थमा भने गिरावट देखिएको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।