महुली लघुवित्तले कमायो ४ करोड २९ लाख खुद नाफा

Aug 01, 2019 09:46 AM Merolagani

महुली लघुवित्त वित्तीय संस्था (MSLB) ले गत आर्थिक वर्ष २०७५/०७६ मा ४ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बिहीबार सार्वजनिक भएको लघुवित्तको नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा ७७.५३ प्रतिशतले बढोत्तरी भएको हो। अघिल्लो वर्ष संस्थाले २ करोड ४१ लाख खुद नाफा आर्जन गरेको थियो। 

चुक्ता पूँजी ७० प्रतिशत बढाएर १० करोड २० लाख पुर्याएको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी दुई रुपैयाँ बढेर ४२ रुपैयाँ १० पैसा कायम भएको छ। यस्तै जगेडा कोषमा ३ करोड ४० लाख वृद्धि भई १९ करोड ३१ लाख सञ्चित छ ।

अघिल्लो आवको यसै अवधिको तुलनामा लघुवित्तले निक्षेप संकलनमा २८ तथा कर्जा लगानी ३८ र सापटी करिब ३२ प्रतिशतले बढाउँदा कम्पनीको खुद ब्याज आम्दानी ५३ प्रतिशत बढीले सुधारिउको छ। असारसम्म कम्पनीले ८८ करोड निक्षेप र ९७ करोड सापटी लिएर दुई अर्ब ६ करोड कर्जा लगानीबाट १४ करोड ७३ लाख ब्याज आम्दानी गरेको हो।

लघुवित्त कम्पनीको खराब कर्जा १.८२ बाट घटाएर १.६२ र प्रतिशेयर नेटवर्थ ६१ रुपैयाँ ७८ पैसाले घटेर २८९ रुपैयाँ ४१ पैसामा सीमित भएको छ। खराब कर्जामा सुधार आउनु सकारात्मक भएपनि कोषको लागतमा देखिएको वृद्धि, पूँजीकोष अनुपात र प्रतिशेयर नेटवर्थमा संकुचनतर्फ ध्यान दिनुपर्ने देखिन्छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।