मिर्मिरे र किसानसँग मर्जर प्रकृयामा रहेको नागबेली लघुवित्तको नाफा साढे ३ करोड

Aug 01, 2019 10:19 AM Merolagani

नागबेली लघुवित्त (NBBL) को गत आर्थिक वर्षमा खुद नाफा ३ करोड ५५ लाख पुगेको छ । मिर्मिरे र किसान लघुवित्तसँग मर्जर प्रकृयामा रहेको यस लघुवित्तको खुद नाफा अघिल्लो वर्षको यसै अवधिको तुलनामा एक करोड १३ लाखले बढेको हो।

लघुवित्तको चुक्ता पूँजी ९ करोड १० लाखबाट १६ करोड ७६ लाख ७९ हजार पुगेको छ । यस्तै उसको जगेडा कोषको आकार पनि ४ करोड ८६ लाखबाट १२ करोड ७ लाखमा सञ्चित छ ।

गत आवमा लघुवित्तले ३२ करोड ८४ लाख निक्षेप,४१ करोड ४० लाख सापटीबाट ९३ करोड ६० लाख कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप ८ करोड, र २४ कर्जा लगानी करोडले वृद्धि भएको हो भने सापटी ४ करोडले घटेको छ ।

अघिल्लो आवमा ५ करोड ९५ लाख रहेको खुद ब्याज आम्दानी ९ करोड १३ लाख र ३ करोड १९ लाखको सञ्चालन मुनाफा ५ करोड ९ लाखमा पुगेको छ ।

पूँजीवृद्धिको असर कम्पनीको प्रतिशेयर आम्दानीमा देखिएको छ। गत आर्थिक वर्षमा लघुवित्तले वार्षिक प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७५ पैसा कायम गरेको छ। लघुवित्तको अघिल्लो आर्थिक वर्षको यसै अवधिमा २६ रुपैयाँ ५२ पैसा प्रतिसेयर आम्दानी थियो।


असार मसान्तसम्म लघुवित्तको प्रतिशेयर नेटवर्थ १७२ रुपैयाँ तथा मूल्य आम्दानी अनुपात २७.७५ गुणा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।