लक्ष्मी भ्यालु फण्ड १ को लाभांश घोषणा

Aug 01, 2019 11:27 AM Merolagani

लक्ष्मी भ्यालु फण्ड १ (LVF1) ले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलार्य १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। लक्ष्मी बैंकको प्रवद्र्धनमा लक्ष्मी क्यापिटल अन्तर्गत सञ्चालित सामूहिक लगानी कोष योजनाको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो।

क्यापिटलको साउन १५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७५/०७६ को लागि कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

 

लक्ष्मी भ्यालु फण्ड १ लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको पहिलो सामूहिक लगानी कोष योजना हो। यसका अतिरिक्त कम्पनीले लक्ष्मी इक्विटी फण्ड नामको दोस्रो योजना समेत सञ्चालन गरेको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असार मसान्तसम्ममा लक्ष्मी भ्यालु फण्ड १ को प्रति इकाइ खुद मूल्य ११.९८ रुपैयाँ रहेको छ । धितोपत्रको दोस्रो बजारमा साउन १६ गते फण्डको प्रतिईकाइ मूल्य १० रुपैयाँ ७५ पैसा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।