इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले बोनस वितरण तथा साधारणसभा प्रयोजनको लागि साउन २४ गते बुकक्लोज गर्ने निर्णय गरेको हो। यसअनुसार साउन २३ गतेसम्म कम्पनकिो शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताहरुले मात्र बोनस शेयर पाउनेछन् ।
कम्पनीले गत आवको बोनसमा कर प्रयोजका लागि ४० लाख २२ हजार रुपैयाँ प्रस्ताव गरेपनि नियामक निकाय बीमा समितिले अस्वीकृत गरेपछि लगानीकर्ता आफैँले कर तिर्नुपर्ने भएको हो।
समितिको निर्देशनअनुसार अब शेयरधनीहरुले ७.५ प्रतिशत बोनस शेयर मात्र पाउनेछन् भने बोनस शेयरमा लाग्ने कर वापतको रकम आफैँ तिर्नुपर्नेछ ।
बोनस शेयर वितरण गर्न इन्स्योरेन्सले आगामी भदौ ८ गते एयरपोर्ट होटल सिनामंगल काठमाडौंमा बिहान ११ बजे ७० औं वार्षिक साधारणसभा आब्हान गरेको छ।