फरवार्ड माइक्रोफाइनान्सको गत आवमा कस्तो रह्यो 'फरवार्डनेश' ?

Aug 02, 2019 09:18 AM Merolagani

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा आफ्नो प्रगतिको रफ्तार (फरवार्डनेश) लाई कायम नै राखेको छ। लघुवित्तले आफ्नो खुद नाफा १५ प्रतिशतले बढाएर प्रतिशेयर आम्दानी बढेर ८२ रुपैयाँ १७ पैसा कायम गरेको छ।

असार मसान्तसम्म लघुवित्तले ३१ करोड ४ लाख १२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको असारमा कम्पनीको नाफा २६ करोड ९७ लाख रुपैयाँ थियो।

नेकपा एमालेका तर्फबाट सुनसरी ३ मा सांसद उम्मेदवार लडेकी भगवती चौधरी अध्यक्ष रहेको यस लघुवित्तको सकारात्मक पक्ष लघुवित्तको पूँजीभन्दा जगेडा कोषको आकार २.३३ गुणा धेरै हुनु हो। 

चुक्ता पूँजी ३७ करोड ७६ लाख ७२ हजार रुपैयाँ रहेको फरवार्डको रिजर्भ कोषमा ८८ करोड जम्मा भएको छ । जसबाट लघुवित्तले शेयरधनीलाई आकर्षक लाभांश वितरण गर्नसक्छ । गत आवबाट पनि कम्पनीले २० प्रतिशत बोनस सहित ४५ प्रतिशत लाभांश वितरण गरेको थियो।

निक्षेप, कर्जा तथा सपाटी तीववटै करिब ३० प्रतिशतको हाराहारीमा बढोत्तरी गरेको यस लघुवित्तको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफा पनि १५ प्रतिशत धेरैले बढेको छ । असार मसान्तसम्म ४ अर्ब ६२ करोड निक्षेप, ५ अर्ब सापटीबाट कम्पनीले १० अर्ब ६ करोड कर्जा लगानी गरेको छ । जसबाट ७५ करोड ब्याज आम्दानी कमाएको छ ।

फरवार्डको प्रतिशेयर निष्कृय कर्जा अनुपात ०.४७ प्रतिशत, नेटवर्थ ३३३ रुपैयाँ ३ पैसा तथा मूल्य आम्दानी अनुपात १८.६२ गुणा छ। यस्तै कोषको लागत केही सुधार आएर ९.४७ प्रतिशतमा छ ।

लघुवित्तमा फरवार्ड नामक महिला संगठनको २५, एभरेष्ट बैंकको २५, आरएमडीसीको ७ र अन्य सर्बसाधारणको १२ गरी ७० प्रतिशत संस्थापक हिस्सेदारी रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।