नयाँ नेपाल लघुवित्तको खुद नाफा एक करोड ३३ लाख

Aug 02, 2019 11:26 AM Merolagani

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था (NLBBL) ले गत आर्थिक वर्षको चौथों त्रैमाससम्ममा एक करोड ३३ लाख खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको यहि अवधिको तुलनामा एक करोड २५ लाख रुपैयाँले बढी हो।

अघिल्लो वर्ष लघुवित्तले ८ लाख एक हजार नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषको आकार एक करोड ५८ लाख ६२ हजारबाट ३ करोड ५३ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

असार मसान्तसम्म १४ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन तथा ५५ करोड ६६ लाख रुपैयाँ सापटी लिएर ७७ करोड २४ लाख कर्जा लगानी गरेको छ। यसबाट लघुवित्तले ८ करोड ९९ लाख रुपैयाँ कुल व्याज आम्दानी गरी ५ करोड १३ लाख रुपौयाँ व्याज वापत खर्च गरेको छ भने ३ करोड ८६ लाख रुपैयाँ खुद व्याज आर्जन गरेको हो।

 

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपातमा सुधार भएको छ। यो अनुपात २.०७ वाट १.१२ प्रतिशतमा झरेको हो।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९१ पैसा, प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात २७.६७ गुणा बढी छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।