नेपाल बैंकको खुद नाफा करिब १९ प्रतिशतले घट्यो, अन्य सूचाङ्कमा कस्तो छ अवस्था?

Aug 02, 2019 11:12 AM Merolagani

सरकारी स्वामित्व रहेको नेपाल बैंक (NBL) को खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा १८.७७ प्रतिशत अर्थात ६० करोड ३७ लाख रुपैयाँले घटेको छ। अघिल्लो वर्ष तीन अर्ब २१ करोड ५६ लाख खुद नाफा आर्जन गरेको खुद नाफा २ अर्ब ६१ करोड १९ लाखमा संकुचित बनेको हो।

करिब २२ प्रतिशतले पूँजी बढाएर निक्षेप संकलन तथा कर्जा लगानी २० प्रतिशत हाराहारीमा व्यवसाय बढाँउदा समेत बैंकको नाफा घटेको हो। ब्याज खर्चमा देखिएको उच्च बढोत्तरीले बैंकको ब्याज आम्दानीमा कमी आउँदा नाफा घटेको हो। 

यस्तै बैंकको जगेडा कोषको आकार पनि करिब २ अर्बले घटेर १३ अर्ब ३९ करोडमा सीमित बनेको छ। बैंकको निक्षेप लागत पनि ह्वात्तै बढेको छ । यसअघि ३ प्रतिशत तल रहेको बैंकको निक्षेप लागत साढे ५ प्रतिशतमा पुगेको छ ।

यस्तै आधार ब्याजदर पनि ७.०३ बाट ७.९८ प्रतिशतमा बढेको छ। गत आवको रिर्पोटमा बैंकको सरकारी ओज घटेको देखिन्छ। यसअघि न्यून लागतमा कम ब्याजदरमा कर्जा प्रवाह गर्नसक्ने बैंकको खुबी अन्य वाणिज्य बैंक सरह पुग्नुले गत आवबाट गुमेको देखिन्छ।

यद्यपी बैंकको अन्य सञ्चालन आम्दानी एक करोडबाट २२ करोडमा बढ्नु, ४८ करोडको सञ्चालन नाफा ४ अर्ब ५४ करोड माथि आर्जन हुनु, वितरणयोग्य नाफा १५ प्रतिशतले बढेर कपिर साढे ३ अर्बमा कायम हुनु सकारात्मक पक्ष हुन्। यसैगरि बैंकको ४ करोड ऋणात्मक रहेको शेयरधनी कोष ३ अर्ब एक करोड र एक करोड ३२ लाखको शेयर प्रिमियम ३ करोड २६ लाखमा बढोत्तरी हुनु पनि शेयरधनीका लागि सुखद नै देखिन्छ।

असार मसान्तसम्म बैंकले एक खर्ब १७ अर्ब २० करोड निक्षेप संकलन गरि ९२ अर्ब ४१ करोड कर्जा लगानीबाट ६ अर्ब १७ करोड खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रहेको बैंकको खुद नाफा घटेसँगै वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८३ पैसाले घटेर २७ रुपैयाँ १५ पैसा कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ ३०० रुपैयाँ ५ पैसा, निष्कृय कर्जा अनुपात २.५८ प्रतिशत, आधार ब्याजदर ७.९८, कोषको लागत ५.५० प्रतिशत छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।