हिमाल दोलखा हाईड्रोपावरको आईपिओ साउन २४ गते बन्द हुने

Aug 02, 2019 06:13 PM Merolagani

हिमाल दोलखा हाईड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको आईपिओ यस अघिनै तोकिएको समयमा बन्द हुने भएको छ। कम्पनीले साउन १७ गते पत्रकार सम्मेलन मार्फत आईपिओमा तोकिएकै समयमा साउन २४ गते बन्द हुने जनाएको हो।

हाइड्रोपावरले सर्बसाधारणको लागि असार २५ गतेदेखि ७६ करोड ७२ लाख रुपैयाँ बराबरको आईपिओ बिक्रीमा ल्याएको हो।

कम्पनीले आयोजना प्रभावितलाईबाट नकिनेको १४ लाख ७२ हजार कित्ता शेयर समेत थप गरी ७६ लाख ७२ हजार कित्ता शेयर सर्बसाधारणमा प्रतिकित्ता एक सय रूपैया अंकित दरमा बिक्री खुल्ला गरेको हो । 

कुल निष्काशन मध्ये १ लाख ५३ हजार कित्ता कर्मचारीहरूलाई र २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि सुरक्षित गरिएको छ भने बाँकीे ७४ लाख ९३ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदनगर्न पाउने छन ।

हाईड्रोपावरले सर्वसाधारणको लागि छट्याएको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता शेयर साउन २४ गते सम्म मात्र आबेदन गर्न सकिने भएको हो।

कम्पनीको आइपीओमा लगानीकर्ताले सि आश्वा मार्फतन्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन दिन पाउने ब्यवस्था रहेको छ।

कम्पनीकोआईपीओलाई केयर नेपालले औसत भन्दा तल आधार जनाउने ’केयर एनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कमजोर रहेको भन्ने बुझाउँछ ।

  • आईपिओ बेचेर आयोजनाको ऋण  तिर्ने

प्राप्त हुने रकम आयोजना निमार्णका लागि वाणिज्य बैंकहरुसँग लिइएको कर्जा चुक्ता गर्न उपयोग गरिने जनाएको छ। कम्पनीले आईपिओ निष्कासनबाट प्राप्त हुने सम्पूर्ण आम्दानी रकम बैंकको कर्जा तिर्न उपयोग गरिने बताएको हो।

हाईड्रोपावरले आगामी आर्थिक वर्ष देखि नै कम्पनी नाफामा गई शेयरधनीहरुलाई लाभांश दिन सक्ने दाबी समेत गरेको छ । 

हिमाल दोलखा हाईड्रोपावरले इलामको इलाम नगरपालिका वडा नं. ९, १० र माई नगरपालिका वडा नं. ९ मा रहेको छ। कम्पनीसँग ४.५ मेगावाट माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट माई खोला साना क्यासकेड जलविद्युत आयोजना छन् ।

दुवै आयोजनाहरुले ब्यापारीक उत्पादन शुरु गरिसकेको कम्पनीले जनाएको छ। यस्तै कम्पनीले केबीएनआर इशुवा पावर लिमिटेड (९७.२ मेगावाट) मा १९५ शेयर लगानी गरेको छ । त्यस आयोजनामा प्रति मेगावाट लागत १० करोड रहेको र सोबाट प्रति मेगावाट ४.३५ करोड आम्दानी हुने कम्पनीले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।