सिद्धार्थ बैंकको खुद नाफामा खर्चको बाबजुत २१ प्रतिशत बढोत्तरी

Aug 04, 2019 09:14 AM Merolagani

सिद्धार्थ बैंक (SBL) ले गत आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ३० करोड ८८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। कर्मचारी र अन्य सञ्चालक खर्चहरु ५० प्रतिशत माथि बढेपनि बैंकले अघिल्लो आवको तुलनामा मुनाफामा २१.२५ प्रतिशत बढोत्तरी गरेको हो।

अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ९० करोड ४१ लाख खुद नाफा आर्जन गरेको थियो ।

आइतबार सार्वजनिक भएको बैंकको वित्तीय विवरणमा व्यवसायको विस्तार २० प्रतिशत माथि भएको छ। जसबाट बैंकले ३६ प्रतिशतले ब्याज आम्दानी बढाउँदा नाफामा सहयोग पुगेको हो । ५ प्रतिशत बोनस वितरण गरेको बैंकको प्रतिशेयर आम्दानी सन्तुलनमा रहेको छ ।

केन्द्रीय बैंकले तोकेको शिर्षकहरुमा नियामकीय व्यवस्था पश्चात बैंकको वितरण योग्य मुनाफा एक अर्ब ६५ करोड २० लाख रहेको छ । आठ अर्ब ८८ करोड चुक्ता पूँजी रहेको बैंकले यस नाफाबाट शेयरधनीलाई साढे १८ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता कायम गरेको छ।

गत आवमा बैंकले एक खर्ब १४ अर्ब ५३ करोड निक्षेप संकलनबाट एक खर्ब चार अर्ब ७६ करोड कर्जा लगानी गरेको गरेकोे छ । सो अवधिमा बैंकले ४ अर्ब ६७ करोड ब्याज आम्दानी गरेको छ।

समीक्षा अवधिमा सिसिडी अनुपात बढेको बैंकको पूँजीकोष अनुपातमा भने सुधार आएको छ । यस्तै बैंकको आधार ब्याजदर ११.१६ बाट १०.७५ प्रतिशतमा, कोषको लागत ७.६३ बाट ७.५४ प्रतिशतमा, र निष्कृय कर्जा अनुपात १.०९ बाट ०.७५ प्रतिशतमा झरेको छ।

बैंकको जगेडा कोषमा ४ अर्ब ४१ करोड, शेयरधनी कोषमा एक अर्ब ६६ करोड र १२ करोड शेयर प्रिमियम सहित ६ अर्ब २० करोड बराबरको कूल जगेडा रकम रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।