अघिल्लो आवमा रहेको ३ करोड ६५ लाखको मुनाफा गरेको लघुवित्त कम्पनीको खुद नाफा गत आर्थिक वर्षमा १२०.६९ प्रतिशतले बढ्दा ८ करोड ७ लाख ४४ हजार रुपैयाँ आर्जन भएको छ।
शतप्रतिशत हकप्रद र २० प्रतिशत बोनसबाट पूँजीवृद्धि गरेको यस लघुवित्तले आफ्नो मुनाफा समेत सोही अनुपातमा बढाउन सक्नुलाई कम्पनीको सफलता मान्नुपर्छ। जसका कारण कम्पनीको प्रतिशेयर आम्दानी घट्न पाएको छैन।
यस अवधिमा लघुवित्तको वार्षिक प्रतिशेयर अम्दानी २९ रुपैयाँ ९६ पैसा छ, प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात १४.७२ गुणा छ । लघुवित्तको प्रतिशेयर अम्दानी ९ पैसाले बढ्दा प्रतिशेयर नेटवर्थ भने ७ रुपैयाँ ८ पैसाले घटेको हो।
साठी प्रतिशतले बचत संकलन बढाएर एक अर्ब २५ करोड संकलन गरेको यस लघुवित्तले एक अर्ब ४२ करोड सापटीबाट अघिल्लो आवको तुलनामा ४१ प्रतिशतले कर्जा लगानी बढाएर ३ अर्ब एक करोड प्रवाह गरेको छ।
जसबाट लघुवित्तको ब्याज आम्दानीमा ६० प्रतिशतले सुधार आई २० करोड ३७ लाख आर्जन भएको छर ब्याज आम्दानी सुधार हुँदा लघुवित्तको खुद नाफामा बढेको हो।
चुक्ता पूँजी २६ करोड ९८ लाख रुपैयाँ रहको लघुवित्तको जगेडा कोषमा १२ करोड ५२ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको जगेडा कोष ८८ प्रतिशतले बढेको हो।
लघुवित्तको निष्कृय कर्जा अनुपात ०.३६ बाट बढेर ०.८८ प्रतिशतमा पुग्दा नोक्सानी व्यवस्था समेत एक करोड ६७ लाखबाट २ करोड ४९ लाख पुगेको छ ।