आईपीओ बिक्री भएको तीन महिनापछि सोमबार बल्ल सूचीकृत हुने भए सान्जेन र रसुवागढी

Aug 04, 2019 06:11 PM Merolagani

सान्जेन र रसुवागढी हाइड्रोपावरले बिक्री गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको ३ महिनापछि साउन २० गते सोमबार बल्ल  सूचीकरण हुने भएको छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेड र रसुवागढी हाइड्रोपावर लिमिटेड तथा सान्जेन जलविद्युत कम्पनी लिमिटेडबीच साउन २० गते सोमबार सूचीकरण सम्झौता हुन लागेको नेप्सेका प्रबक्ता मुराहरि पराजुली बताए। 

रसुवागढी र साञ्जेन हाइड्रोपावरले गत बैशाख ६ गतेदेखि आईपीओ निष्काशन गरी बैशाख १९ गते बाँडफाँड गरेका थिए। पछि दुबै आयोजनालाईं जनताको  जलविद्युत कार्यक्रम अन्तर्गत समेटिएको थियो।

रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर ९३ लाख ३९ हजार ४६७ कित्ता  र साञ्जेनले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयर बिक्री गरेको थियो । 

कम्पनीले निष्काशन गरेको आईपीओ १ साताभित्रै सूचीकरण गर्न सकिने भए पनि चिलिमेका दुई सहायक कम्पनी सञ्जेन र रसुवागढी हाइड्रोपावरले ३ महिना पछि शेयर सूचीकरण गर्न लागेका हुन्।

सोमबार कम्पनीको शेयर सूचीकरणपछि मंगलबारबाट दोस्रो बजारमा कम्पनकिो शेयर खरिद बिक्री गर्न सकिने छ।

जनताको जलविद्युतमा समेटिएको रसुवागढी हाइड्रोपावरले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने साञ्जेनले १४.८ मेगावाट क्षमताको साञ्जेन माथिल्लो र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ। दुबै आयोजनाले स्थानीय जनतामा शेयर जारी गर्न बाँकी रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।