स्वावलम्बन लघुवित्तको प्रतिशेयर आम्दानी ६७ रुपैयाँ कायम,अर्ब माथिको जगेडा कोष

Aug 05, 2019 09:50 AM Merolagani

स्वावलम्बन लघुवित्त वित्तीय संस्था (SWBBL) ले गत आर्थिक वर्षमा वार्षिक प्रतिशेयर आम्दानी ६७ रुपैयाँ १९ पैसा कायम गरेको छ। अघिल्लो आवको तुलनामा लघुवित्तको इपिएस १२ रुपैयाँ ६४ पैसाले बढेको हो।

गत आवमा कम्पनीले अघिल्लो आवको तुलनामा २३ प्रतिशतले वृद्धि गरि ४२ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्षमा लघुवित्तको खुद नाफा ३४ करोड ३० लाख थियो।

चुक्ता पूँजी ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब १२ करोड ५० लाख रुपैयाँ सञ्चित छ । एक वर्ष अवधिमा कम्पनीको जगेडा कोषको आकारमा ४२ करोड २५ लाख सुधार भएको हो।

असार मसान्तसम्ममा लघुवित्तले ७ अर्ब ४९ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ५ अर्ब ८० करोड ३३ लाख रुपैयाँ अन्य बैंक तथा वित्तिय संस्था मार्फत ऋण गरेर १४ अर्ब ४० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। यस अवधिमा कम्पनीको निक्षेप ३० र कर्जा लगानी रकम करिब ४२ प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा लघुवित्तले एक अर्ब ६ करोड ५६लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत वर्षको यसै अवधिको तुलनामा २३ प्रतिशतले धेरै हो। अघिल्लो वर्ष लघुवित्तले ८६ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । असार मसान्तसम्ममा खुद ब्याज आम्दानीसँगै अन्य सञ्चालन आम्दानीमा बढोत्तरी हुँदा लघुवित्तको नाफा आकर्षक सुधार भएको हो।

लघुवित्तको प्रतिशेयर नेटवर्थ २७८ रुपैयाँ ८९ पैसा, कोषको लागत ९.४४ प्रतिशत, मूल्य आम्दानी अनुपात १३.०२ गुणा र निष्कृय कर्जा अनुपात ०.७७ प्रतिशत छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।