आईसिएफसि फाइनान्सको खुद मुनाफा ४१ प्रतिशतले बढ्यो

Aug 05, 2019 10:23 AM Tirtha Raj Poudyal

आईसिएफसि फाइनान्स (ICFC) ले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमाससम्ममा १३ करोड ८९ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४१.३३ प्रतिशतले बढेको हो।

अघिल्लो आवको मुनाफाबाट ८ प्रतिशत नगद लाभांश बाँडेको फाइनान्सको चुक्ता पूँजी ८८ करोड २१ लाख रुपैयाँमा स्थिर रहँदा प्रतिशेयर आम्दानी ४ रुपैयाँ ६ पैसाले बढेर १५ रुपैयाँ ७६ पैसा पुगेको छ।

फाइनान्सको फाइनान्सको जगेडा कोषमा ६५ प्रतिशतले सुधार भई ३५ करोड १४ लाख रुपैयाँ सञ्चित छ। 

गत असारसम्म फाइनान्सले १० अर्ब ९३ करोड २८ लाख निक्षेप संकलन गरेर ८ अर्ब ७१ करोड ३४ लाख कर्जा लगानी गरेको छ। अघिल्लो आवको तुलनामा फाइनान्सको निक्षेप २३ र कर्जा २४ प्रतिशतले बढेको हो।

गत आवमा फाइनान्सले ३५ करोड ४६ लाख खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा फाइनान्सको खुद ब्याज आम्दानी २७ करोड २३ लाख रहेको थियो। कर्जा र निक्षेपमा गरिएको व्यवसाय विस्तारले फाइनान्सको आम्दानी सञ्चालन नाफा ६६.२८ प्रतिशतले वृद्धि भई १९ करोड ५९ लाख आर्जन भएको छ।

व्यवसायको आकार बढाउँदा पनि खराब कर्जा अनुपात नियन्त्रण गरेर वित्तीय विवरण सार्वजनिक गरेका फाइनान्सहरुमध्ये थोरै ०.०८ प्रतिशतमा राख्न सक्नु व्यवस्थापकीय सफलता मान्नुपर्छ। फाइनान्सको प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ८४ पैसा र मूलय आम्दानी अनुपात १०.६६ गुणा छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।