नेशनल हाइड्रोपावरमा सुधारको संकेत, खुद नाफा ७७ लाखले बढ्यो

Aug 05, 2019 01:00 PM Merolagani

नेशनल हाइड्रोपावर (NHPC) ले गत आर्थिक वर्षको चौथों त्रैमासमा ९१ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । आन्तरिक कचिलो र मुद्धा मामिलामा फसेको हाइड्रो पावरले अघिल्लो वर्ष  १४ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएकोमा गत आवमा ७६ लाख ९८ हजार रुपैयाँले वृद्धि गरेको हो।

गत आर्थिक वर्षको असार मसान्त सम्ममा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा भने करिब ७५ लाख ८७ हजार रुपैयाँले बढी हो । अघिल्लो वर्षको यहि अवधिमा ४ करोड ६३ लाख रुपैयाँ मात्रै विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।

कम्पनीले विद्युत उत्पादन वृद्धि गर्नको लागि नयाँ टरबाइन रनर, जेनेरेटर ओभरहल, बालुवा फ्लसिङ्ग गर्ने संयन्त्रहरु जडान र सिभिल मर्मतका कार्यहरु सम्पन्न गरेकोले गत आर्थिक वर्षको चौथो त्रैमासमा विद्युत उत्पादनमा वृद्धि भई आम्दानी समेत बढेको जनाएको छ।

एक अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ४० करोड ५२ लाख रुपैयाँले ऋणात्मक छ। आन्तरिक किचलो र मुद्धा मामिलाका कारण नतिजा उन्मुख काम गर्न नसकेको कम्पनीबाट लगानीकर्ताले प्रतिफलको अपेक्षा गर्न नसक्ने अवस्था छ।

वित्तीय विवरणमा कम्पनीले प्रतिशेयर आम्दानी ३ रुपैयाँ २२ पैसा, प्रति शेयर नेटवर्थ ७० रुपैयाँ ७६ पैसा र मुल्य आम्दानी अनुपात १९.८६ गुणा बढी रहेको छ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।