सुर्या लाइफ इन्स्योरेन्सको ७०% हकप्रदको बुकक्लोज तय

Aug 05, 2019 01:14 PM Merolagani

सुर्या लाइफ इन्स्योरेन्स (SLICL) ले ७० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि बुकक्लोज मिति तय गरेको छ। कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैंठकले साउन २९ गते १ दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको हो।

यसअनुसार बुकक्लोज भएको अघिल्लो दिन अर्थात साउन २८ गतेसम्म शेयर खरिद गरी कम्पनीको शेयरधनी कायम भएका लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्। 

इन्स्योरेन्सको ११ औं वार्षिक साधारणसभाले १० बराबर ७ कित्ता शेयरको अनुपातमा ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । 

हाल १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले यसअघि पनि ४० प्रतिशत हकप्रद बिक्री गरेको थियो।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।