रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीको कतिमा खुल्ने भयो शेयर कारोबार ?

Aug 05, 2019 03:12 PM Merolagani

साधारण शेयर बाँडफाँड भएको तीन महिनापछि रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनीको साउन २१ गते मंगलबारदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शेयर कारोबार खुला हुने भएको छ।

मंगलबारदेखि कारोबार खुला गर्न दुबै कम्पनीले सोमबार साढे ३ बजे नेप्सेसँग शेयर सूचीकरण सम्झौता गर्दैछन्।सोमबार शेयर सूचीकरण भएसँगै दुई कम्पनीको शेयर मंगलबारदेखि कारोबारमा आउनेछ। कम्पनीको आईपिओमा लगानी गरेका शेयरधनीले मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा किनबेच गर्न सक्नेछन्।

नेप्सेले रसुवागढी हाइड्रोपावर कम्पनीलाई आरएचपिएल (RHPL) र साञ्जेन जलविद्युत कम्पनीको शेयर कारोबारका लागि एसजेसिएल (SJCL) कारोबार संकेत प्रदान गरेको छ । पहिलो सुरुवाती कारोबारका लागि रसुवागढीको न्यूनतम ९७ रुपैयाँ २९ पैसादेखि अधिकतम २९१ रुपैयाँ ८७ पैसासम्मको प्रिओपनिङ प्राइस रेञ्ज निर्धारण गरेको छ ।

उता साञ्जेनका लागि न्यूनतम ९६ रुपैयाँ ३२ पैसा देखि २८८ रुपैयाँ ९६ पैसासम्मको प्रिओपनिङ प्राइस रेञ्ज दिएको छ । नेप्सेले कम्पनीको नेटवर्थलाई न्यूनतम र नेटवर्थको ३ गुणा सम्मको अधिकतम ओपनिङ्ग रेञ्ज प्रदान गर्दै आइरहेको छ ।

आईपीओ निष्काशन पश्चात जनताको जलविद्युत कार्यक्रम अन्तर्गत समेटिएका रसुवागढी र साञ्जेन दुबै चिलिमे हाइड्रोपावरको सहायक कम्पनी हुन् । दुबैले गत वैशाख ६ गतेदेखि १२ गतेसम्म आईपीओ बिक्री गरेर बैशाख १९ गते बाँडफाँड भएको थियो।

रसुवागढीले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा १ करोड २ लाख ६३ हजार १५० कित्ता बराबरको १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको थियो ।

रसुवागढीको आईपीओ शेयर २ लाख ९१ हजार २७२ जनाले पाएका थिए । रसुवागढीमा आवेदन गर्ने लगानीकर्ताले न्यूनतम ४० र अधिकतम ५० सम्म शेयर पाएका थिए। 

यस्तै साञ्जेनले एक सय रुपैयाँ अंकित दरमा ५४ लाख ७५ हजार कित्ता बराबरको ५४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गरेको थियो। २ लाख ८८ हजार ८९७ जना लगानीकर्ताले आईपीओ शेयर प्राप्त गरेका थिए।

साञ्जेन जलविद्युतको शेयरमा आवेदन गरेका अधिकांश आवेदकले २० कित्ता शेयर प्राप्त गरेका थिए भने २० कित्ता भन्दा धेरै कित्ताका लागि आवेदन गरेका ८ प्रतिशत आवेदकले भने १० कित्ता मात्र शेयर पाएका थिए।

रसुवागढीको आईपीओ लगानीकर्ताको डिम्याट खातामा आईसकेको छ भने साञ्जेन जलविद्युतको भने आइसकेको छैन।

रसुवागढीको आईपीओ सिद्धार्थ क्यापिटल मार्फत र साञ्जेनको नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा प्राथमिक शेयर निष्काशन भएको थियो।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।