गुराँस लाइफ इन्स्योरेन्सले चुक्ता पूँजी बढाउने प्रकृया थाल्यो

Aug 05, 2019 07:00 PM Merolagani

गुराँस लाइफ इन्स्योरेन्स (GLICL)  ले चुक्ता पूँजी बढाउने प्रकृया थालेको छ । इन्स्योरेन्सले चुक्ता पूँजी वृद्धि गर्न शत प्रतिशत हकप्रद निष्काशनको तयारी थालेको हो ।

इन्स्योरेन्सले हाल कामय ९३ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजीको शत प्रतिशत हकप्रद जारी गर्ने तयारी गरेको छ । हकप्रद निष्काशन पछि  इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ८७ करोड रुपैयाँ पुग्नेछ ।  

हकप्रद जारी गर्ने इन्स्योरेन्स कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्ता गरेको छ । साउन २० गते सोमबार इन्स्योरेन्स र एनएमबि क्यापिटलबीच हकप्रद शेयर निष्काशन सम्बन्धि सम्झौता भएको हो ।
बीमा समितिको निर्देशन अनुसार कम्पनीको नवौं साधारण सभाबाट शतप्रतिशत अर्थात एक को अनुपात एकको दरमा हकप्रद शेयर निष्काशन गर्नको लागि एनएमबि क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिएको हो ।
सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।
समितिको निर्देशन बमोजिम चुक्ता पुँजी २ अर्ब पुर्याउँदै आगामी दिनमा नेपालको बीमा क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै न्युन बीमाशुल्क दरमा नयाँ नयाँ बीमा योजना मार्फत सुलभ, सरल एवं आधुनिक सेवा प्रदान गर्ने इन्स्योरेन्सले प्रतिबद्धता जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।