नेरुडे लघुवित्तले पस्कियो लोभलाग्दो प्रगति

Aug 06, 2019 08:53 AM Merolagani

नेरुडे लघुवित्त (NLBBL) ले गत आर्थिक वर्षहरुमा लोभलाग्दो प्रगति गरेको छ। लघुवित्त कम्पनीले आफ्ना सबैजसो सूचकहरुमा आकर्षक प्रगति गर्दै शेयरधनीको मुहारमा खुशी ल्याउने वित्तीय विवरण पस्केको हो।

गत आर्थिक वर्षमा कम्पनीले १२ करोड ६८ लाख खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको खुद नाफा १२५ प्रतिशत अर्थात ७ करोड ४ लाख रुपैयाँले बढेको हो। अघिल्लो वर्ष लघुवित्तले ५ करोड ६४ लाख कमाएको थियो।

समीक्षा अवधिमा १५ प्रतिशत बोनसबाट चुक्ता पूँजी बढाएर ३९ करोड ७६ लाख ४७ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ९५ प्रतिशत बढेर वार्षिक ३१ रुपैयाँ ९० पैसा पुगेको छ। अघिल्लो वर्षमा १६ रुपैयाँ ३१ पैसा थियो।

यस अवधिमा उसको जगेडा कोषमा ३९.५५ प्रतिशतले सुधार भई ४७ करोड ३९ लाख रुपैयाँ सञ्चित छ । प्रतिशेयर नेटवर्थ २१ रुपैयाँ बढेर २१९ रुपैयाँ १९ पैसा कायम भएको छ ।

लघुवित्तको निक्षेप, सापटी तथा कर्जा २० देखि ३० प्रतिशतले वृद्धि गर्दा उसको खुद ब्याज आम्दानी ३५ र सञ्चालन नाफा १२५ प्रतिशतको उच्च वृद्धि भएको हो।

गत असार मसान्तसम्म लघुवित्तले एक अर्ब ९४ करोड निक्षेप संकलन तथा बैंक तथा वित्तिय संस्था मार्फत दुई अर्ब २५ करोड सापटीबाट ५ अर्ब ३ करोड कर्जा लगानी गरेको छ। यसबाट लघुवित्तले ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ३५.७२ प्रतिशतले वृद्धि भई ३९ करोड १५ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात १.५१ प्रतिशतमा सुधार आएको छ । यस्तै कोषको लागत १०.५१ र मूल्य आम्दानी अनुपात १४.७० गुणा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।