हालै आइपिओ जारी गरेको गुराँस लघुवित्तको कस्तो छ गत वर्षको प्रगती ?

Aug 06, 2019 11:00 AM Merolagani

गुराँस लघुवित्त (GLBSL)ले गत आर्थिक वर्षको चौथो त्रैमासमा एक करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा २९१.३९ प्रतिशत अर्थात एक करोड १० लाख रुपैयाँले बढोत्तरी भएको हो।

अघिल्लो वर्ष लघुवित्तले ३७ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो। लघुवित्तले व्यवसाय विस्तारमा जोड दिँदैदै खर्चका सूचकहरुलाई सन्तुलनमा राख्दा नाफा बढाउन सफल भएको हो।

सर्वसाधारणमा प्राथमिक शेयर जारी गरेपश्चातको पहिलो वित्तीय विवरण सार्वजनीक गरेको हो । लघुवित्तले गत बैशाख १६ देखि २० गतेसम्म सर्वसाधारणमा आईंपिओ जारी गरेको थियो। 

लघुत्तिले चार करोड २० लाख रुपैयाँ चुक्ता पूँजीबाट दुई करोड ५० लाख रुपैयाँ बराबरको आईपिओ जारी गरी चुक्ता पूँजी ७ करोड ७५ लाख रुपैयाँ पूर्याएको छ। यस अवधिमा लघुवित्तको जगेडा कोषमा एक करोड ७७ लाख रुपैयाँ सञ्चित भएको देखिन्छ। 

गत आर्थिक वर्षमा १० करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ५१ करोड ८७ लाख रुपैयाँ कर्जा लिएर ६८ करोड ४७ लाख रुपैयाँ ऋण लगानी गरेको छ।

लघुवित्तको खुद ब्याज आम्दानीमा सन्तोषजनक रुपमा सुधार भएको पाइन्छ। गत आर्थिक वर्ष लघुवित्तले ४ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९४.४३ प्रतिशतले सुधार भएको हो। अघिल्लो आर्थिक वर्ष लघुवित्तले दुई करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

लघुवित्तको निष्कृय कर्जा अनुपात २.७० प्रतिशत रहेको छ । गत आर्थिक वर्ष लघुवित्तको प्रतिशेयर आम्दानी १९ रुपैयाँ १७ पैसा कायम भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ८७ पैसा छ भने मूल्य आम्दानी अनुपात २०.८६ गुणा बढी छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।