कारोबार खुलेको पन्ध्र मिनेट नपुग्दै रसुवागढी र साञ्जेनको शेयरमूल्यमा नेगेटिभ सर्किट

Aug 06, 2019 11:51 AM Merolagani

नेपाल स्टक एक्सचेञ्जमा मंगलबारबाट शेयर कारोबार खुला भएको रसुवागढी र साञ्जेनको शेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। कारोबार खुलेको पन्ध्र मिनेट अवधि नपुग्दै दुबै कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो।

मंगलबारबाट कारोबार खुलेको दुबै कम्पनीको शेयरमा ठूलो बिक्रीको चाप पर्दा मूल्यमा नेगेटिभि सर्किट लागेको हो।

रसुवागढीको शेयरमूल्य २३ रुपैयाँले घटेर २६३ रुपैयाँमा झरिसकेको छ भने साञ्जेन जलविद्युतको शेयरमुल्य २८ रुपैयाँले घटेर २६० रुपैयाँमा झरेको छ।

रसुवागढी हाइड्रोपावरको शेयर नेप्सेमा २८६ रुपैयाँमा पहिलो कारोबार खुलेको थियो। कारोबार खुलेको १५ मिनेट अवधिमा रसुवागढीको ५ हजार ६० कित्ता शेयर १४ लाख २८ हजार रुपैयाँमा खरिद बिक्री भएको छ ।

त्यसैगरी  साञ्जेन जलविद्युत कम्पनीको नेप्सेमा पहिलो कारोबार २८८ रुपैयाँमा खुलेको थियो। कारोबार खुलेको १५ मिनेट अवधिमा नै कम्पनीको १० हजार कित्ता शेयर २७ लाख ७४ हजार रुपैयाँमा कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले साञ्जेनको पहिलो शेयर कारोबारको लागि न्यूनतम ९६ रुपैयाँ ३२ पैसा देखि २८८ रुपैयाँ ९६ पैसासम्मको प्रिओपनिङ्ग प्राइस रेञ्ज दिएको थियो भने रसुवागढी को पहिलो कारोबारको लागि न्यूनतम ९७ रुपैयाँ २९ पैसादेखि अधिकतम २९१ रुपैयाँ ८७ पैसासम्मको प्रिओपनिङ प्राइस रेञ्ज निर्धारण गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।