सनराइज बैंकको ३८ औं शाखारहित बैंकिङ्ग सेवा झापाको हलदीबारीमा

Aug 06, 2019 06:12 PM Merolagani

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ झापा जिल्लाको हलदीबारी गाउँपालिका वडा नं २,मा ३८ औंशाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ।

हलदीबारी गाउँपालिकाको अध्यक्ष, रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेक कुमार निरौलाले एक समारोहका बीच हलदीबारीमा शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन्।

सो समारोहमा हलदीबारी गाउँपालिकाको अध्यक्ष, रबिन्द्र लिङ्घदेनले शाखा रहित बैंकिङ्ग सेवाको एजेन्ट-प्रतिनिधि सर्वधनतामाङ्घलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे।

हालसम्म सनराइज बैंकले ११५ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३३ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि थपशाखाहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।