रसुवागढी र साञ्जेनको शेयर बिक्रीको चाप, मूल्यमा नेगेटिभ सर्किट

Aug 07, 2019 11:49 AM Merolagani

मंगलबारदेखि शेयर कारोबार खुलेको रसुवागढी हाइड्रोपावर र साञ्जेन हाइड्रोपावरको शेयरमा उच्च बिक्री चाप आउँदा दोस्रो कारोबार दिन बुधबार पनि शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। 

लगानीकर्ताले शेयर खरिदको लागि कुनै खरिद अडर नराख्दा दुबै कम्पनीको शेयर बिक्रीको लागि धेरै लगानीकर्ता लाइनमा बसेका छन्। साञ्जेनको ३५ हजार कित्ता शेयर बिक्रीको लागि राखिएको छ भने रसुवागढी हाइड्रोपावरको पनि ८४ हजार कित्ता शेयर बिक्रीको लागि राखिएको छ। 

साञ्जेनमा १ हजार १२२ वटा र रसुवागढीमा १ हजार १५१ जनाले न्यूनतम मूल्यमा शेयर बिक्री अर्डर राखेका छन्। तर दुबैमा कुनैपनि खरिदकर्ताको अर्डर देखिन्न।

 

दुबै कम्पनीको शेयरमा बिक्रीको चाप उच्च हुँदा मुल्यमा पनि उच्च गिरावट आएको छ। दुबै कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको हो । कारोबार खुलेको ३० मिनेट समयमा नै साञ्जेन जलविद्युतको शेयरमूल्य घटेर २३५ रुपैयाँमा झरेको छ भने रसुवागढीको २३७ रुपैयाँमा झरेको छ।

कारोबार खुलेको ३० मिनेटमा साञ्जेन जलविद्युतको ९७ वटा कारोबारबाट १ हजार ५६० कित्ता शेयर ३ लाख ६९ हजार रुपैयाँमा खरिद बिक्री भएको छ भने रसुवागढी हाइड्रोपावरको ३९ वटा कारोबारबाट १ हजार १८० कित्ता शेयर २ लाख ८० हजार रुपैयाँ बराबरमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।