सामुदायिक लघुवित्तको खुद नाफा साढे २ करोड

Aug 07, 2019 02:23 PM Merolagani

सामुदायिक लघुवित्त वित्तीय संस्था (SLBSL) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको यहि अवधिको तुलनामा ८८ लाख ६९ हजार रुपैयाँले बढी हो। अघिल्लो वर्ष एक करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

चुक्ता पूँजी १० करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ५ करोड ५४ लाख रुपैयाँ सञ्चित छ।

असार मसानतसम्ममा ३५ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ४४ करोड ६७ लाख रुपैयाँ अन्य बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर ९१ करोड २१ लाख रुपैयाँ ऋण लगानी गरेको छ।

समीक्षा अवधिमा लघुवित्तले ७ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा एक करोड २१ लाख रुपैयाँले धेरै हो। अघिल्लो वर्ष लघुवित्तले ६ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

लघुवित्तमा निष्कृय कर्जा अनुपात भने बढेको छ। अघिल्लो वर्ष १.०७ प्रतिशत रहखेको निष्कृय कर्जा अनुपात बढेर १.६५ प्रतिशत पुगेको हो।

लघुवित्तको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४४ पैसा, प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४४ पैसा र मूल्य आम्दानी अनुपात २१.७७ गुणा बढी छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।