युनिक नेपाल लघुवित्तको कमायो चार करोड ४२ लाख खुद नाफा

Aug 08, 2019 12:01 PM Merolagani

बाँके कोहलपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त (UNLBSL) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा चार करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

बाँके कोहलपुरमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले सर्वसाधारणमा प्राथमिक शेयर जारी गरेर नेप्सेमा सूचीकृत हुन बाँकी छ । गत आवमा नै करिब साढे ४ करोड खुद मुनाफा आर्जन गर्न सफल यस लघुवित्तका आफ्नो प्रगतिलाई कायम नै राख्न सकेको खण्डमा शेयरधनीले राम्रो लाभांश प्राप्त गर्नसक्ने देखिन्छ। 

पछिल्लो तीन महिनामा नै लघुवित्तले एक करोड खुद नाफा वृद्धि गरेको छ। समीक्षा अवधिमा एक अर्ब ५२ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ५८ करोड ६१ लाख रुपैयाँ कर्जा लिएर दुई अर्ब २८ करोड ९८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

९ करोड ५३ लाख ७० हजार रुपैयाँ चुक्त पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।

 

लघुवित्तले खुद ब्याज आम्दानी १० करोड ३३ लाख रुपैयाँ छ । लघुवित्तको निष्कृय कर्जा अनुपात १.४८ प्रतिशत छ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।