मार्टका अध्यक्ष प्रदिपजङ्ग पाण्डेका अनुसार रारामार्ट डटकमबाट कुनैपनि सामान किन्दा ग्राहकको परिवारका अन्य सदस्यहरुले समेत निशुल्क स्वास्थ्य बीमा सुविधा पाउनेछन् ।
ग्राहकले सामान खरिद गरेको रकमको आाधारमा न्युनतम २५ हजार रुपैयाँ देखि एक लाख रुपैयाँ सम्मको स्वास्थ्य बीमा सुविधा सुविधा उपलब्ध गराइने जानकारी दिइएको छ ।

यस अन्तर्गत नेपाल तथा भारतका जुनसुकै अस्पतालहरुबाट उपचार गराउँदा लाग्ने स्वास्थ्य उपचार खर्चमा बीमा रकमको सीमा भित्र रहेर उपचार खर्च प्राप्त गर्न सकिनेछ। स्वाथ्स्य बीमा प्रयोजनको लागि रारामार्टले प्रिमियर इन्स्योरेन्ससंग सहकार्य गरेको छ।
यस्तै रारामार्टले हरेक शुक्रबार अनलाइन हाट बजार लगाउने भएको छ। मार्टले 'एभ्रि फाइडे, सपिङ्ग डे' को रुपमा विकास गन विभिन्न क्याटेगोरीहरुमा अतिरिक्त छुटहरु प्रदान गरीने जनाएको छ । शुक्रबार बिहान १२ बजे देखि राती १२ बजे भित्र ग्राहकहरुले सामान खरिद गर्दा अन्य दिनको तुलनामा भारी छुट प्राप्त गर्न सकिने मार्टले जनाएको छ ।
रारामार्टमा हाल दैनिक जीवनमा आवश्यक पर्ने करिब २० हजार प्रोडक्ट रहेका छन्। यस्तै एक हजार भन्दा बढी भेण्डरहरु रहेका छन्। करिब ६ महिना अघि संचालनमा आएको मार्टले चालु आर्थिक वर्षमा ५० हजार प्रडक्ट लिष्टिङ्ग गर्ने र भेण्डरहरुको संख्या कम्तीमा ५ हजार पुर्याउने लक्ष्य राखेको छ।