नयाँ निर्देशनले प्रमुख कार्यकारीको जागिर छाड्न बाध्य नारायणदासले हाले राष्ट्र बैंक विरुद्ध रीट

Aug 08, 2019 11:36 PM Merolagani

नेपाल राष्ट्र बैंकले सर्कुलरमार्फत लागू गरेको उमेर हदका कारण पुनर्नियुक्ति पाएको चार दिनमै प्राईम बैंक (PCBL)को प्रमुख कार्यकारीबाट हट्न बाध्य भएका नारायणदास मानन्धरले राष्ट्र बैंक विरुद्ध मुद्धा हालेका छन् ।

मानन्धरले राष्ट्र बैंक समेतलाई विपक्षी बनाएर साउन २२ गते उत्प्रेषणसम्बन्धी रीट दर्ता गराएका हुन् । दर्ता नम्बर 076 wo 0089 रहेको मानन्धरको रीटमा राष्ट्र बैंकले प्रमुख कार्यकारी र संचालकहरुलाई उमेर हद लगाई बैंकको जिम्मेवारी बहन गर्नबाट बाधा सिर्जना गर्ने निर्देशन खारेजीको माग गरिएको छ ।

मानन्धरले हालेको रीट बिहीबार न्यायाधीश मीरा खड्काको बेन्चमा परे पनि हेर्न नभ्याईने सूचीमा परेर कुनै सुनुवाई हुन सकेन ।

राष्ट्र बैंकले गत साता एकीकृत निर्देशन जारी गरी ६५ बर्ष उमेर पुरा भएको ब्यक्ति बैंकको कार्यकारी हुन नसक्ने र ६९ बर्ष पुरा गरेको ब्यक्ति बहाल रहन नसक्ने ब्यवस्था गरेपछि प्राईम बैंकको तेस्रो पटक कार्यकारी बनेका मानन्धर पदमुक्त भएका थिए । राष्ट्र बैंकले बैंकका संचालक हुन ७० बर्ष उमेर पुरा भएको ब्यक्ति बैंकको संचालकमा बस्न नपाउने र ७४ बर्ष पुरा भएको ब्यक्ति पदमा बहाल नरहने ब्ब्यवस्था गरेको छ । यो ब्यवस्थाका कारण नबिल बैंकका अध्यक्ष शम्भु पौडेल र एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ पनि पदमुक्त भएका छन् ।

मानन्धरको रीटमा अदालतले कस्तो खाले आदेश दिन्छ भन्ने कुराले बीके र शम्भुका पद जोगिन किन नजोगिने भन्ने कुरा निर्धारण गर्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।