सूर्या लाइफको ८८ करोड ७४ लाखको हकप्रद भदौ ८ गतेदेखि

Aug 11, 2019 09:23 AM Merolagani

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले आगामी भदौ ८ गतेदेखि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यतामा रहेको यस इन्स्योरेन्सले ८८ करोड ७४ लाखको हकपद बिक्री गर्न लागेको हो। कम्पनीले १० बराबर ७ कित्ता शेयरको अनुपातमा ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको ८८ लाख ७४ हजार ९६ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

साउन २० गते बसेको सञ्चालक समितिको बैंठकले हकप्रद प्रयोजनका लागि साउन २९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार बुकक्लोज भएको अघिल्लो दिन अर्थात साउन २८ गते मंगलबारसम्म शेयर खरिद गरी शेयरधनी कायम भएका लगानीकर्ताले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्।

कम्पनी शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल रहेको छ । हकप्रदमा क्यापिटलको कार्यालयका साथै सि आश्वा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ। उपत्यका बाहिरका सूर्यालाइफका शाखा कार्यालय मार्फत पनि आवेदन गर्न पाइनेछ। आवेदन दिने अन्तिम मिति असोज १२ गतेसम्म रहेको छ।

हाल १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सूर्या लाइफको हकप्रद बिक्रीपछि चुक्ता पूँजी २ अर्ब १५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।

इन्स्योरेन्सको ११ औं वार्षिक साधारणसभाले १० बराबर ७ कित्ता शेयरको अनुपातमा ८८ करोड ७४ लाख ९ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो। कम्पनीले यसअघि पनि ४० प्रतिशत हकप्रद बिक्री गरेको थियो।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।