आईपिओ बिक्री नभएपछि हाइड्रोपावरले ४३ लाख ५३ हजार ५८० कित्ता शेयर संस्थापक, सञ्चालकका लागि बिक्री खुल्ला गरेको हो ।
उक्त शेयर हाइड्रोपावरका संस्थापक शेयरधनी, सञ्चालक वा निजका एकाघर परिवार, कार्यकारी प्रमुख लेखापरीक्षक, कम्पनी सचिव र कम्पनीको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न रहेका व्क्तिहरुले मात्र खरिद गर्न सक्नेछन् ।
निष्काशित शेयर साउन २६ गते आइतबार देखि साउन २८ गतेसम्म आवेदन खुल्ला हुने ग्लोबल आइएमई क्यापिटले बताएको छ।
बिक्री प्रबन्धक ग्लोबल आइएमईका अनुसार संस्थापक र संचालकको एकाघर परिवारको भए नभएको यकिन गरेर मात्र आवेदन संकलन गर्नेछ।
हाइड्रोपावरले असार २५ गते देखि निष्काशन गरेको ७६ लाख ७२ हजार २१० कित्ता आईपिओ मध्येमा ३३ लाख १८ हजार ६३० कित्ता शेयरको लागि ७४ हजार ४४० वटा अवेदन परेको ग्लोबल आइएमई क्यापिटलले जानकारी दिएको छ ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि हाइड्रोपावरले जेठ महिनामा आईपिओ जारी गर्दा समेत सबै शेयर बिक्री नभए पश्चात सर्वसाधारणमा थपेर निष्काशनमा ल्याइएको थियो।