कारोबारको ३० मिनेट अवधिमा दुबैको मार्केट डेप्थमा खरिदकर्ता उच्च देखिएका छन्। तीन दिन लगातार मूल्य घटेपछि चौंथो दिनबाट दुबै कम्पनीको शेयर खरिदमा खरिद चाप अधिक देखिन थालेको हो।
आइतबार कारोबार खुला भएको ३० मिनेट अवधिमा साञ्जेनमा करिब ३४ हजार ८०० कित्ताको खरिद अर्डर छ भने बिक्रीतर्फ दुई हजार २७० कित्ता मात्र देखिन्छ।
यसैगरि रसुवागढीमा कारोबार खुला भएको ३० मिनेट अवधिमा साञ्जेनमा करिब ७१ हजार ३४४ कित्ताको खरिद अर्डर छ भने बिक्रीतर्फ १ हजार ५९० कित्ता छ।
साउन २१ गते मंगलबारदेखि शेयर कारोबार खुलेको थियो। कारोबार खुला भएको ३० मिनेट अवधिमा साञ्जेनको प्रतिकित्ता २३० रुपैयाँ र रसुवागढीमा प्रतिकित्ता २१६ रुपैयाँमा कारोबार भएको छ।